Comments Add Comment

पोखरामा हुण्डाईको एक्सचेन्जमा बरिष्ठ हास्य कलाकार हरिवंशको साथ

१४ जेठ, पोखरा । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली अन्तर्गत पोखरामा रहेको हुण्डाई शोरुमले आयोजना गरेको एक्सचेन्ज अफर कार्यक्रममा बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले साथ दिएका छन् ।

आचार्यले शनिबार पोखरा स्थित हुण्डाई सोरुम गएर अवलोकन गर्नुका साथै साटफेरका लागि पुगेका ग्राहकसँग केहीबेर भलाकुसारीसमेत गरे ।

शुक्रबारबाट सुरु भएको एक्सचेन्जमा शनिवारसम्म १० वटा गाडी एक्स्चेन्ज भएको र २६ जनाले टेष्ट राइड गरेको कम्पनीका अप्रेसन इञ्चार्ज भीमसिंह खत्रीले जानकारी दिए ।

आइतवार सम्म हुने इभेन्टमा हुण्डाई ब्राण्डका सवै मोडलहरुमा साटफेरको व्यवस्था रहेको कम्पनीले जनाएको छ । ग्राहकको उत्साहपूर्ण सहभागिताले कार्यक्रम सफल भएको खत्रीको भनाई छ ।

ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न हुण्डाईले यो कार्यक्रम ल्याएको बताएको छ ।

हुण्डाईले ग्राहक सामु नगद छुट, स्पट भ्यालुएशन र एक्सचेन्ज बोनस पनि प्रदान गर्ने बताएको छ । यस कार्यक्रममा एक्सचेन्जकाका साथै टेष्ट ड्राईभ तथा मनोरञ्जनका कार्यक्रमहरु पनि समावेश छन् । टेष्ट ड्राइभ गर्ने ग्राहक मध्येवाट लक्की ड्र मार्फत विजेतालाई स्मार्ट फोन प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment