Comments Add Comment

हल-हलमा नम्रता, ‘पर्व’को व्यापारले उत्साहित


प्रिमियरबाट सुखद प्रतिक्रिया पाएको चलचित्र ‘पर्व’ले ओपनिङ पनि सुखद गरेको यसको निर्माणपक्षले बताएको छ । करिब डेढ बर्षपछि पर्दामा नायिका नम्रता श्रेष्ठलाई देख्न पाउँदा दर्शक उत्साहित देखिएका छन् ।

नयाँ शैलीको मेकिङ र कथावस्तुका कारण दर्शकले चलचित्रलाई रुचाएका हुन् । यो चलचित्र देशभरका ७७ वटा हलमा रिलिज भैरहेको छ ।
शनिबार बिहान नायिका नम्रता श्रेष्ठ हल-हलमा पुगिन् । करिब डेढ बर्षपछि उनी यसरि हलमा पुगेकी थिइन् । उनको साथमा चलचित्रका अन्य कलाकार कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की र निर्देशक दिनेश राउत हल-हलमा पुगेका थिए । उनीहरुले, सिंगल र मल्टिप्लेक्स हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।
हल-हलमा पुगेकी नायिका श्रेष्ठले काठमाण्डौ भित्रका मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको उपस्थिती बाक्लो देखेर आफू खुशी भएको बताइन् । उनले, काठमाण्डौ बाहिरबाट पनि दर्शकको राम्रो प्रतिक्रिया दिएको सुनाइन् ।

चलचित्रका निर्माताद्धय सुवास गिरी र निकिता पौडेलले वर्ड अफ माउथ सुखद भएकाले आगामी दिनमा यसको व्यापारमा फाइदा पुग्ने विश्वास व्यक्त गरे । चलचित्रको २ दिनको व्यापार आँकडा भने सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment