Comments Add Comment

अपाङगता भएका मतदाताको चिन्ता-हाम्रो मत सदुपयोग हुँदैन कि ?

१४ जेठ, विराटनगर । ट्राईसाइकलको सहयोगमा हिंडडुल गरिरहेका मोरङका चैतु ऋषिदेव (४५) लाई आउँदो स्थानीय तह चुनावमा मतदान स्थलसम्म कसरी पुग्ने भन्ने चिन्ताले पिरोलेको छ ।उनको घर सुनवर्षी नगरपालिका डाइनियामा हो । उनको घरबाट मतदान स्थलसम्म पुग्न ३० मिनेट समय लाग्छ ।

यतिका लामो पर्खार्इपछि आफ्नो मताधिकार प्रयोग र्ने अवसरलाई सदुपयोग गर्ने ऋषिदेवमा वेग्र इच्छा छ । तर, उनलाई मतदान स्थल पुगेर सहजै भोट हाल्न सकिने वातावरण हुन्छ कि हुन्न भन्ने चिन्ता छ । क्रृषिदेव भन्छन,’भोट हाल्न जानै समयस्या छ, त्यसमा पनि अपाङ्गमैत्री मतदान स्थल हुँदैन घण्टौ लाइन बस्न समस्या हुन्छ त्यो दिन सम्झिदा अहिलेदेखि चिन्ता लागेको छ ।”

हृवीलचियरको मद्दतमा हिंडडुल गरिरहेका लेटाङ नगरपालिकाका सोम लिम्वु (३१) को पनि उस्तै चिन्ता छ ।

घरदेखि अलि टाढाको दुरिमा मतदान स्थल तोकिएको छ । मतदान स्थल पुगेर मत हाल्न जान सकिन्न कि सकिन्न भन्ने चिन्ता उनमा पनि छ ।

लिम्वुले गएको २०६४ को संविधानसभा निर्वाचनमा पनि मतदान स्थलसम्म पुग्न नसकेर मताधिकार प्रयोग गर्न नपाएको सम्भिmदै अहिले पनि बञ्चित हुन्छुकी भन्ने चिन्ता लागेको बताए ।

आँखा नदेख्ने मोरङ पथरी शनिश्चरेकी नगरपालिका हसन्दहकी शुशिला थापा (३१) को अर्कै चिन्ता छ ।

सहयोगीले आफूले भनेको ठाउँमा मत नहालिदिने हुन की भन्ने चिन्ता उनलाई छ । ‘विद्युतीय मतदान भएको भए हामीलाई सजिलो हुन्थ्यो, अरुको भर पर्दा कठिन हुँदो रहेछ ।’

यहाँका सबै अपाङगता भएका मतदाताहरुले आफूहरुले भोट हाल्न नपाउने हो की भन्ने चिन्ता लागेको बताएका छन् । यदी मतदान स्थलसम्म पुगेर कसैको सहायता लिनुपर्दा आफूले चाहेको उम्मेदवार छान्न नपाइने हो की भन्ने चिन्ता भएको उनीहरुले बताएका छन् ।

अपाङ्गता भएका १० हजार मतादाता

राष्ट्रिय अपाङ्ग महासंघ मोरङको तथ्याङ अनुसार जिल्लामा १७ हजार ५३ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । जसमा मताधिकार प्रयोग गर्ने करिब ८ देखि १० हजारको संख्यामा अपाङ्गता भएका व्यक्ति रहेको अनुमान छ ।

राष्ट्रिय अपाङ्ग महासंघ मोरङकोका अध्यक्ष विमल बस्नेतका अनुसार आसन्न स्थानीन तहको निर्वाचनमा जिल्लामा ठुलो संख्या अपाङ्गता भएका व्यक्तिरहेका छन् । तर, निर्वाचन कार्यालयले उनीहरुको लागि भनेर जिल्लाका कुनैपनि मतदान केन्द्र अपाङमैत्री छैनन् ।

‘शारीरिक अशक्त, श्रबणशक्ति कम्जोर भएकाहरु, दृष्ट्रिविहिनलाई आफनो मताधिकार प्रयोगमा सबै भन्दा समस्या भएको छ ।’ अध्यक्ष बस्नेतले भने ।

नेपाल अपाङ्ग महिला संघ मोरङ सचिव मीना आर्चायले स्थानीय तहको निर्वाचन १६ दिन बाँकी रहँदासम्म निर्वाचन कार्यालयले करिव १० हजार अपाङ्गता मतदाता रहेको भएपनि उनीहरुलाई लक्षित मतदाता शिक्षा समेत अहिलेसम्म नदिएको बताइन् ।

निर्वाचन कार्यालयको तयारी

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी प्रेमप्रसाद संजेलले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी जिल्लामा छुट्टै निर्वाचन स्थल तय नगरिएको बताए ।

भुगोलले साथ दिएसम्म अपाङ्गता, अशक्त, जेष्ठ नागरिकका, गर्भवती महिलाका लागि एकै स्थानमा लाइन बस्ने व्यवस्था मिलाइने निर्वाचन अधिकारी संजेलले जानकारी दिए ।

उनले महिला र पुरुषको छुटा छुटै लाइनको व्यवस्था गरिएपनि उनीहरुलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

श्रबणशक्ति कम्जोर भएका व्यक्तिका लागि दोभाषे र दृष्ट्रिविहिनका लागि सहयोगीको व्यवस्था पनि नगरिएको बताए ।

मतदान गर्न जाने रोजा बसेका मुस्लिम समुदायका मतदातालाई पनि पहिलो प्राथमिकता दिइने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment