+
+

प्यूठानमा एमाले र राष्ट्रिय जनमोर्चाको तालमेल भंग

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १५ गते १४:३३

१५ जेठ, काठमाडौै। राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने समझदारी भङ्ग भएको घोषणा गरेको छ ।

एमाले र राष्ट्रिय जनमोर्चाबीच जेठ ८ गते आसन्न दोस्रो चरणको चुनावका क्रममा प्यूठानमा तालमेल गर्ने सहमति भएको थियो । तर, त्यसको एमालेबाटै विरोध भयो । दुई दलबीच भएको सहमति लागू गर्न र पार्टीमा देखिएको असन्तुष्टि समाधान गर्न एमालेले १० र ११ गतेको समय मागेको थियो ।

तर, एमाले नेतृत्वबाटै सहमति विपरितका नयाँ सर्तहरु राख्ने काम भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच भएको सहमति इमान्दारितापूर्वक कार्यान्वयन गर्न बारम्बार आग्रह गर्‍यौं । तर, एमाले नेतृत्व त्यसमा गम्भीर भएन ।’

एमालेकै कारण संयुक्त रुपमा चुनावमा जाने वातावरण बिग्रिएको भन्दै राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?