Comments Add Comment

तीन विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट, द्रुतमार्गलाई १० अर्ब

१५ जेठ, काठमाडौं । सरकारले पोखरासहित तीन स्थानमा विमानस्थल निर्माणका लागि झण्डै १४ अर्ब बजेट छुट्याएको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले निगजढ अन्तराष्ट्रिय विमानस्थलका लागि आगामी आर्थिक वर्ष बोलपत्र आहृवान गर्ने बताए । लुम्बिनी विमानस्थल ०७५ सालमा निर्माण सक्ने र पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट सुरु गर्ने सरकारले बताएको छ ।

यसका लागि १३ अर्ब ७२ करोड बजेट छुट्याइएको अर्थमन्त्रीले संसदलाई जानकारी दिए ।

यस्तै काठमाडौं-निजगढ द्रुतमार्गका लागि सरकारले १० अर्ब १४ करोड रकम विनियोजन गरेको छ । यो निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ र आइतबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको शिल्यान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment