Comments Add Comment

प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा निर्वाचित

३० मे, बार्सिलोना । प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा निर्वाचित भएका छन् । मञ्चको चौथौ अधिबेशनबाट यस अघि उपाध्यक्ष समेत रहेका शेर्पा सर्वसम्मत चयन भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षहरुमा हेमन्त रानाभाट र बलबहादुर कार्की, महासचिव दिनेशराज रेग्मी, उपमहासचिवमा हेमप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

यस्तै सचिवमा ऋतु ढुंगाना, दीपक भट्टराई, भुपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कृष्णराम रानाभाट चयन भएका छन् ।

सदस्यहरुमा हरी बिक, राजेन्द्र तिमिल्सिना, ध्रुव भट्ट, तारा अधिकारी, दीपेन्ऽबाबु गजुरेल, गोबिन्द तिमिल्सिना, नारायण पौडेल, अनन्त लामिछाने, प्रसाद गरभुजा, गोपालप्रसाद भट्टराई, निर्मला तिवारी र सुन्दर रानाभाट रहेका छन ।

यसैबीच मञ्चले केदारनाथ ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

यसअघि अध्यक्ष पदका लागि पूर्व महासचिव दीपक खरेल र सल्लाहकार अध्यक्ष शिवकुमार लामिछानेले समेत दावी गर्दै आएका थिए ।

अधिबेशनको प्रमुख अतिथिको रुपमा नेकपा एमाले प्रवास समन्वय इन्चार्ज बिन्दा पाण्डेले उद्घाटन गरेकी थिइन् ।

मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङ, स्पेनका लागि नेपाल पर्यटन बोर्डको मानार्थ प्रतिनिधिहरु दीपक खरेल र चिन्तामणि सापकोटा, प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोबिन्द पौडेल लगायत स्पेन स्थित संघ सस्थाका प्रातिनिधिहरुले आफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment