१६ जेठ, काठमाडौं । सरकारले यो वर्ष कुनै प्रकारको सवारी कर नबढाएको स्पष्ट गरको छ । आर्थिक विधयेक (बजेट) मार्फत कुनै सवारी करवृद्धिको घोषणा नभएको र गतवर्षकै कायम राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।
गतवर्ष जस्तै यो वर्ष पनि १२५ सीसी सम्मको मोटरसाइकललाई वार्षिक २५ सय र १२६ देखि २५० सीसीसम्मको मोटरसाइकललाई ४ हजार रुपैयाँ कर लाग्नेछ ।
२५१ देखि ४००सम्म सीसीका मोटरसाइकल धनीसँग वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेछ । ४ सय सीसीभन्दा माथिका मोटरसाइकलको वाषिर्क सवारी कर १५ हजार रुपैयाँ कायम नै छ ।
गाडीतर्फ १ हजार सीसीसम्मका कार तथा जीपले १९ हजार रुपैयाँ कर तिर्नुपर्नेछ । यसैगरी १००१ देखि १५०० सीसीसम्मका कारधनीहरुले २१ हजार, १५०१ देखि २००० सीसीसम्मका काररजीपले २३ हजार रुपैयाँ कर तिर्नुपर्छ । यो यसअघि कै दर हो ।
२००१ देखि २५ सयसम्मका कारका लागि ३२ हजार रुपैयाँ कर कायम राखिएको छ । २५ सयभन्दा माथि र २९ सय सीसीभन्दा मुनिका साना सवारीले ३७ हजार रुपैयाँ कर तिर्नुपर्छ । २९००१ सीसीभन्दा माथिका कारहरुलाई वाषिर्क ५३ हजार रुपैयाँ कर तिराइनेछ । यो करमा गतवर्षभन्दा फेरबदल भएको छैन ।
प्रतिक्रिया 4