Comments Add Comment

झापामा एमालेका २ महिला उम्मेदवारको टिकट खोसियो

मेनका काफ्ले भन्छिन्-पुरुषवादी चिन्तनसँग लड्न सकिनँ

मेनका काफ्ले (बायाँ) र मन्जु सिटौला

१६ जेठ, झापा । एमालेले झापाको दुई गाउँपालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाउने घोषणा गरेपछि सिर्जना भएको अन्तरिक अन्तरविरोधका कारण उनीहरुलाई पार्टीले पछि हटाउने भएको छ ।

कमल गाउँपालिकाको अध्यक्षका रुपमा घोषणा गरिएकी मेनका काफ्ले र हल्दिबारी गाउँपालिकाको अध्यक्षका उम्मेदवार मञ्जु सिटौलाको उम्मेदवारी फिर्ता गराउने तयारी गरिएको एमाले स्रोतले जनाएको हो ।

काफ्लेले आफूले उम्मेदवार नबन्ने निर्णय गरेको बताइन् । उनी भूमिगत कालदेखि एमालेमा सक्रिय नेतृ हुन् । पहिलो संविधानसभा निर्वाचनमा उनको क्षेत्रभन्दा फरक झापा-२ बाट उम्मेद्वार बनेकी थिइन् । तर, माओवादीका उम्मेदवार गौरीशंकर खड्कासँग पराजत भएकी थिइन् ।

अर्को चुनावमा एमालेले समानुपातिकको सूचीमा राखे पनि उनी त्यसमा अटाउन सकिनन् । हाल उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव तथा एमाले प्रदेश नम्बर १ की सदस्य छिन् । उनले पुरुषवादी चिन्तन हावी भएका कारणले उम्मेद्वार फिर्ता हुनु परेको प्रतिक्रिया दिएकी छन् ।

उनको स्थानमा उपाध्यक्षका रुपमा उम्मेद्वार घोषणा गरिएका लखनपुर गाविसका पूर्व उपाध्यक्ष बेणु शिवाकोटीले अध्यक्षमा टिकट पाउने स्रोतले जनाएको छ ।

यस्तै, हल्दिबारी गाउँपालिकामा मञ्जु सिटौलालाई पनि पछि हठाउने आन्तरिक तयारी गरिएको स्रोतले जनाएको छ । यसअघि बिर्तामोडस्थित पार्टी हल्दिबारीबाट सयौं कार्यकर्ता आएर उम्मेदवारको विवरण भएको फ्लेक्स पि्रन्ट च्यातेका थिए ।

सिटौलाको स्थानमा मोहन रेग्मीलाई उम्मेद्वार बनाउनु पर्ने मागसहित एमालेले कार्यालयमा तोडफोड भएको थियो ।

यस विषयमा मञ्जुसँग प्रतिक्रिया लिन खोज्दा उनले पार्टीले आफूलाई पछि हटाउन लागेको बारेमा अनविज्ञता जनाइन् । ‘म अहिले पनि भोट माग्न मतदाताको घरमा छु’, उनले भनिन् ।

यस विषयमा थप कुरा बोल्न उनी चाहिनन् ।

यो पनि पढ्नुहोस् 

एमालेमा अन्तरविरोधः बिर्तामोडमा कार्यालय घेराउ, अर्जुनधारामा उम्मेदवार कुटिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment