+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भोजपुरमा कांग्रेस र माओवादीले पनि तय गरे उम्मेदवार (सूची सहित)

एमाले विरुद्ध तीन दलको तालमेल, भोजपुर नगरपालिकामा कांग्रेसको विवाद

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १७ गते १४:२०

१७ जेठ, भोजपुर । नेपाली कांग्रेस र माओवादी केन्द्रले भोजपुरका स्थानीय तहमा आफ्ना उम्मेदवार तय गरेका छन् । एमालेले यसअघिनै सबै स्थानीय तहका उम्मेदवार तय गरिसकेको छ ।

कांग्रेसले भोजपुर नगरपालिकामा भने विवादका उम्मेदवार टुंग्याउन सकेको छैन । जिल्ला र केन्द्रबाट फरक फरक व्यक्तिले टिकट लिएका कारण विवाद भएको हो ।

कांग्रेसले जिल्लाका केही गाउँपालिकामा संघीय समाजवादी फोरम र माओवादीसँग चुनावी तालमेल गर्ने भएको छ । एमालेलाई परास्त गर्न माओवादी र संघीय समाजवादीसँग मिलेर चुनाव लड्न लागिएको कांग्रेस जिल्ला सभापति बालकृष्ण थापाले बताए ।

थापा आफैं भोजपुर नगरपालिकाका मेयरका दावेदार हुन् । तर जिल्लाबाट कैलाश राईले टिकट पाएका कारण विवाद छ । थापालाई केन्द्रले टिकट दिएको छ । जिल्लामा एमाले विरुद्ध संघीय फोरम, कांग्रेस र माओवादीबीच तालमेल भइरहेको फोरमका सहमहामन्त्री अजम्बर राई काङमाङले बताए ।

यी हुन् कांग्रेसका उम्मेदवार

भोजपुर नगरपालिकाः विवाद
षडानन्द नगरपालिकाः मेयर बिरबल राई, उपमेयर सीता श्रेष्ठ
साल्पा सिलिछो गाउँपालिकाः अध्यक्ष महेश राई, उपाध्यक्ष तालमेल
अरुण गाउँपालिकाः अध्यक्ष गजेन्द्र कार्की, उपाध्यक्ष बिनिता ढकाल
पौवादुंगा गाउँपालिकाः अध्यष सिशिरा राई, उपाध्यक्ष मनोज कार्की
ट्याम्के मैयुङ गाउँपालिकाःअध्यक्ष तालमेल,उपाध्यक्ष सरोज बस्नेत
रामप्रसाद राई गाउँपालिकाः अध्यक्ष दिनेश कार्की, उपाध्यक्ष तालमेल
हतुवागढी गाउँपालिकाः अध्यक्ष मदन खुलाल, उपाध्यक्ष तालमेल
आमचोक गाउँपालिकाः अध्यक्ष रविन राई, उपाध्यक्ष भगवती राई

यी हुन् माओवादी उम्मेदवार

भोजपुर नगरपालिकाः मेयर रविन तामाङ, उपमेयर मनिका राई
षडानन्द नगरपालिकाः मेयर भिम तामाङ, उपमेयर प्रमिला राई
साल्पा सिलिछो गाउँपालिकाः अध्यक्ष रविन्द्र अधिकारी, उपाध्यक्ष जलेश्वरा राई
अरुण गाउँपालिकाः अध्यक्ष विमल खड्का, उपाध्यक्ष विना राई
पौवादुंगा गाउँपालिकाः अध्यक्ष थामवहादुर राई, उपाध्यक्ष सम्झना राई
हतुवागढी गाउँपालिकाः अध्यक्ष तालमेल, उपाध्यक्ष सुनिता किराँती
आमसचोक गाउँपालिकाःअध्यक्ष अशोक राई, उपाध्यक्ष सीता राई
टेम्के मैयुङ गाउँपालिकाः अध्यक्ष संघीय फोरम, उपाध्यक्ष कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?