+
+

भैरहवामा मतदाता शिक्षा दिदै काँग्रेस

सलमान खान सलमान खान
२०७४ जेठ १७ गते १८:३५

१७ जेठ, भैरहवा । पहिलो चरणको चुनावमा मतदाता शिक्षाको अभावमा धेरै मत बदर भएको भन्दै नेपाली काँग्रेसले भैरहवामा -सिद्धार्थनगर नगरपालिका) चुनावी प्रचारसहित मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ ।

स्थानीय चुनावमा अधिकांश मतदातालाई मतदान गर्ने तरिकाबारे अन्यौलता छाएको अवस्थामा भैरहवा काँग्रेसका उम्मेदवारहरुले घरदैलो अभियानको क्रममा मतदाता शिक्षा दिदै चुनावी प्रचारप्रसार गरिरहेका हुन् ।

मतदातालाई मतदाता शिक्षाबारे न्यून जानकारी भएको अवस्थामा आफूहरुले आफ्ना एजेण्डासहित मतदाताहरुलाई मतदान गर्ने तरिका बारे पनि जानकारी गराइरहेको नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव संजिव शर्मा रेग्मीले बताए ।

आफूहरुले मतदातासँग आफ्नो चुनाव चिन्हका लागि मत माग्नुको साथै कसरी मतदान गर्ने, के गर्दा मत बदर हुन्छ, मेयर, उपमेयर लगायत अन्य पदका कति जनासम्मलाई मतदान गर्ने लगायत सम्पूर्ण विषयमा जानकारी गराइरहेको उनले बताए ।

स्थानीय तहको चुनावमा एक जना मतदाताले सात उम्मेदवारलाई मत हाल्नुपर्ने हुन्छ । उनले एउटा पुस्ता पहिलो पटक मतदान गर्ने तयारीमा रहेका कारण मतदान गर्ने अवस्थामा अल्मलिने तथा मत बदर हुने सम्भावना बढी भएका कारण मत माग्ने तरिका पनि सिकाउनु परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?