+

पश्चिमाञ्चल प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

२०७४ जेठ  १८ गते १२:२५ २०७४ जेठ १८ गते १२:२५
पश्चिमाञ्चल प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

१८ जेठ, काठमाडौं । लगातार दुई खेलमा जित निकाल्दै समूह एमा रहेको पश्चिमाञ्चल बिकास क्षेत्रको टोली जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रबेश गरेको छ ।

बुधबारको खेलमा मध्यामाञ्चललाई ९५ रनले हराएको पश्चिमाञ्चलले बिहीबारको खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्‍यो ।

समूह चरणको आफ्नो पहिलो खेलमा एपिएफसँग पराजित भएकोृ पश्चिमाञ्चलले त्यसयताका दुई खेलमा चार अंक जोड्दै ४ अंक बनाएको छ । दुई खेल खेल्न बाँकी एपिएफको २ अंक छ । उसका बाँकी खेलहरु सकिएपछि समूह बिजेता र उपबिजेताको टुंगो लाग्नेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा ६६ रन बनाएर पूरा गर्‍यो । उसका लागि अनिल गुरुङले २३ र नूरध्वज सेनले १९ रनको अविजित पारी खेले ।

बुधबारको खेलमा ७८ रनको उत्कृक्ष्ट पारी खेलेका शौरभ खनालले आजको खेलमा ओपनिङ गर्दै ८ बलमा २० रनको बिष्फोटक पारी खेले । जसमा २ चौका र २ छक्का सामेल छ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमै अलआउट भयो । उसका लागि कप्तान शुवेन्दु पाण्डे, राजवीर सिंह र अमरसिंह रौतेलाले समान १३/१३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन छुन सकेनन् । मञ्यपश्चिमका ६ जना ब्याट्सम्यानले खाता खोल्नै सकेनन् ।

मध्यपश्चिमको इनिङ ध्वस्त पार्न पश्चिमाञ्चलका विपिन खत्री र लाल अधिकारीले ४/४ विकेट लिए । कृष्ण कार्कीले २ विकेट लिए ।

म्यान अफ द म्याचसमेत बनेका बिपिन कार्कीले ७ ओभरमा २ मेडन राख्दै मात्र ९ रन खर्चेर ४ विकेट लिए । लााल अधिकारीले पनि ५ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय