Comments Add Comment

दरबार हत्याकाण्डको १६ वर्षः यस्तो बनाइँदैछ घटनास्थल

१९ जेठ, काठमाडौं । दरबार हत्याकाण्ड भएको आज शुक्रबार १६ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन् ।

त्यसपछिका सरकारहरुले नारायणहिटी प्रवेश गर्दा भनेका थिए – दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्छौं ।’ तर दर्जनपटक सरकार परिवर्तन भए तर घटना अहिले पनि रहस्यकै गर्भमा छ ।

नेपाली जनताले सधैं भन्ने गरेका छन् – राजा वीरेन्द्रको वंशनाश हुनेगरी गराइएको दरबार हत्याकाण्डको रहस्य पत्ता लगाइयोस् । त्यति मात्रै होइन, नारायणहिटी दरबार घुम्न आउने दर्शकले लेख्ने गरेका छन् – दरबार हत्याकाण्डको छानबिन होस् ।

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि नारायणहिटी संग्रहालयले दरबार हत्याकाण्ड भएको घर त्रिभुवन सदन निर्माण सुरु भएको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण सुरु गरिएको हो ।

संग्रहालय प्रशासनले एक वर्षभित्र तयार हुनेगरी दरबार हत्याकाण्ड भएको दीपेन्द्रको निवास त्रिभुवन सदन निर्माण गरेको हो । दरबार हत्याकाण्ड भएको स्थान विलियार्ड बैठक हेर्न लायक भएको केही समयपछि संग्रहालय प्रशासनले त्रिभुवन सदनको निर्माण सुरु गरेको आजको नेपाल समाचारपत्रले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment