Comments Add Comment

३० केजी तौल घटाएकी सोनाक्षी ३० बर्षमा


बलिउडमा ‘दवंग गर्ल’ भनेर चिनिने नायिका सोनाक्षी सिन्हा ३० वर्षमा लागेकी छिन् । उनले सलमान खान अभिनित चलचित्र ‘दबंग’ वाट करिअर सुरु गरेकी थिइन् ।

पहिलो चलचित्रबाटै दर्शकको विचमा लोकप्रिय भएकी सोनाक्षीका पछिल्ला केही चलचित्र असफल भएका छन् । चलचित्रमा काम गर्नु अघि उनी निकै मोटी थिइन् । सलमान खानकै सल्लाहमा उनले आफ्नो तौल ३० किलो घटाएकी थिइन् । योगा र स्विमिङ मार्फत तौल घटाएकी सोनाक्षीले पहिलो चलचित्रबाटै ‘फिल्मफेयर अवार्ड’ पाएकी थिइन् ।

२ जुन सन् १९८७ मा बिहारको राजधानी पटनामा जन्मेकी सोनाक्षी प्रशिद्ध अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन् । उनले मुम्बईमा रहेको आर्य विद्या मन्दिरबाट स्कुलको शिक्षा प्राप्त गरेकी थिइन् भने मुम्बईमा रहेको नाथीबाइ दामोदर ठाकरे महिला विश्वविद्यालयबाट फेसन डिजाइनिङमा स्नातक गरेकी छिन् ।

सोनाक्षीले सन् २००५ मा चलचित्र ‘मेरा दिल लेकर देखो’मा कस्ट्युम डिजाइन गरेकी थिइन् । थोरै समयमा बलिउडमा स्थान बनाउने नायिकाको रुपमा उनी चिनिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment