+
+

एउटै पदमा सासू-बुहारीको प्रतिस्पर्धा

रासस रासस
२०७४ जेठ १९ गते १६:२६

१९ जेठ, इलाम । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका-१ मा एउटै पदका लागि सासूबुहारीको उम्मेदवार बनेका छन् ।

यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेका तर्फबाट सासू दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।  दुबैले  जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।

अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन/चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँं,’ सीताले भनिन् ।

एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमायाले बताइन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?