+

एपी वानले लियो फुटबल लाइभको अधिकार

२०७४ जेठ  १९ गते ९:१६ २०७४ जेठ १९ गते ९:१६
एपी वानले लियो फुटबल लाइभको अधिकार

१९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एपी वान एचडी टेलिभिजनसँग प्रत्यक्ष प्रशारण र फुटबल मार्केटिङका लागि वार्षिक १ करोड ७५ लाखको सम्झौता गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र एपी वानमा प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता तीन बर्षका लागि गरिएको बताइएको छ ।

एन्फाले गराउने आधिकारिक खेलहरुको प्रत्यक्ष प्रशारण, मार्केटिङ र प्रायोजकको जिम्मा अब एपी वान टिभीले लिनेछ । तर मोफसलमा खेलाउने प्रतियोगिताहरु यस सम्झौताको दायरामा नपर्ने र एन्फाले वर्षमा ३० वटासम्म प्रतियोगिता आयोजना गर्न सक्नेछ ।

फिफा र एएफसीबाट आयोजना हुने प्रतियोगिताको हकमा भने एपी वानले प्रत्यक्ष प्रशारणमात्रै गर्न पाउने सम्झौतामा उल्लेख छ ।

एएफसी एसियन कप छनौट अन्तर्गत यमनबिरुद्ध आगामी जेठ ३० गते हलचोक मैदानमा हुने खेलको एपी वानले प्रत्यक्ष प्रशारण गर्नेछ ।

तस्वीरः एन्फा

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय