+
+
Shares

हिमपहिरोमा पुरिएर दार्चुलामा यार्सा सङ्कलकको मृत्यु

रासस रासस
२०७४ जेठ २० गते ९:३६

२० जेठ, दार्चुला । जिल्लामा एक जना यार्सा सङ्कलकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

यार्सा सङ्कलनका क्रममा बिहीबार दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा हिमपहिरामा परी बैतडी, पुच्र्यौडी नगरपालिका–३ चनौलपानीका ४८ वर्षीय धौलसिंह बोहराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरामा परी चनौलपानीकै २१ वर्षीय जनक धामी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि गोकुलेश्वरतर्फ ल्याइँदैछ । घाइते धामीको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

बोहराको शुक्रबार बिहान दाहसंकार गरिएको छ । यार्सा सङ्कलन गर्न बोहरा गत महिना दार्चुला गएका थिए । आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुला र बझाङको उच्च हिमाली भेगमा हरेक वर्ष यार्सा सङ्कलनका लागि मानिसहरु जाने गर्छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?