Comments Add Comment

परराष्ट्र र भौतिक पूर्वाधार कांग्रेसलाई, माओवादीको भागमा उर्जा

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मन्त्रालय भागवण्डाको छलफलमा जुटेका छन् । शक्ति र प्रभावका हिसावले अब्बल मानिएका केही मन्त्रालयको भागवण्डा टुंगिएको छ भने अन्य मन्त्रालयबारे छलफल जारी छ ।

मन्त्रालय भागवण्डा मिलाउन कांग्रेसका विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा प्रभाकर रहेको कार्यदल सक्रिय छ ।

कांग्रेस नेता लेखकले केही मन्त्रालयबारे टुंगो लागेको बताए । उनका अनुसार परराष्ट्र, भौतिक पूर्वाधार एवं यातायात र रक्षा मन्त्रालय कांग्रेसले नै लिने सहमति भएको छ ।

यस्तै उर्जा मन्त्रालय भने माओवादी केन्द्रले नै राख्ने सहमति कार्यालयमा जुटेको छ । प्रचण्ड नेतृत्वको सरकारमा पनि परराष्ट्र, भौतिक पूर्वाधार र रक्षा मन्त्रालय कांग्रेसले सम्हालेको थियो भने उर्जा माओवादीको भागमा परेको थियो ।

गृह मन्त्रालय माओवादी र अर्थ मन्त्रालय कांग्रेसले लिने समझदारी पनि यसअघि नै भइसकेको छ ।

अरु मन्त्रालयको भागवण्डा टुंग्याउन कार्यदलको बैठक शनिबार साँझ पनि बस्ने भनिएको थियो । तर, कार्यव्यस्तता कारण सम्भव नभएको नेताहरुले बताएका छन् ।

नेताहरुका अनुसार प्रचण्ड सरकारमा कांग्रेस र माओवादीले सम्हालेका धेरै मन्त्रालय भने साटफेर हुनेछ ।

देउवा सरकारमा माओवादीका साथै फोरम लोकतान्त्रिकसहितका दलले पनि सहभागी हुन चाहेका छन् । संसदको चौथो ठूलो दल राप्रपा पनि सरकारमा जान सकारात्मक देखिएको छ ।

यस्तोमा मन्त्रालय भागवण्डा मिलाउन सहज नभएको एक नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment