Comments Add Comment

भरतपुर वडानम्बर ४ र ७ मा विजयी पदाधिकारीलाई कामकाज नगर्न अन्तरकालिन आदेश

२१ जेठ, काठमाडौं । स्थानीय चुनावमा भरतपुर महानगरपालिका वडा नम्बर ४ र ७ मा विजयी पदाधिकारीहरुलाई तत्काल कामकाज नगर्न पाटन उच्च अदालतको हेटौंडा इजलासले अन्तरकालिन आदेश दिएको छ ।

अदालतको यस आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म वडा नम्बर ४ र ७ मा विजयी पदाधिकारीहरुलाई शपथ ग्रहण गर्न र कामकाज गर्न रोक लागेको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ४ मा ७ मत र वडा नम्बर ७ मा १४ मतको झिनो अन्तरले एमालेका उम्मेदवार बिजयी भएका थिए । मतगणनाको क्रममा धाँधली भएको दाबीसहित श्यामप्रसाद लामिछानेले मतणना बदरको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दामा मुख्य निर्वाचन अधिकृतलाई विपक्षी बनाइएको थियो ।

आइतबार न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले विपक्षीको लिखित जवाफ आएपछि पुनर्विचार हुने गरी तत्कालका लागि सपथ ग्रहण गर्न वा कामकाज गर्न रोक लगाउने आदेश सुनाएको हो ।

आइतबार रिट निवेदकको तर्फबाट केशवप्रसाद काफ्ले र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

हेर्नुहोस् अदालतको आदेश 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment