+
+
Shares

अनौठो राजनीति, एउटै पदमा भीड्दै बाबुछोरा !

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २२ गते ७:००

२२ जेठ, काठमाडौं । लामो समयदेखि राजनीतिमा लागेका प्युठान नगरपालिका–९ मरन्ठानाका बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार भएका छन् । सहमति गरेर अघि बढ्ने प्रयास भए पनि सहमति नमिलेपछि दुवैको उम्मेदवारी घोषणा भएको हो । नगरपालिकाको ९ नम्बर वडाध्यक्ष पदमा बाबु भरतबहादुर केसी र जेठो छोरो बाचुन केसी उम्मेदवार बनेर चुनावी मैदानमा खडा भएका हुन् ।

बाबु नेपाली कांग्रेस र छोरा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् । दुवैजानाले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

‘छोरालाई उम्मेदवारी फिर्ता गरेर मलाई सहयोग गर भनेँ तर मानेन,’ ६४ वर्षीय बाबु भरतले भने, ‘कांग्रेस छाडेर राप्रपाबाट उठ्नुस अनि मात्र समर्थन गर्छु भन्यो ।’

०५२ सालदेखि कांग्रेस राजनीतिमा लागेका उनले पार्टी परिवर्तन गर्न नसक्ने बताएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । बिपीको विचार र सिद्धान्त मन परेर कांग्रेसमा लागेको उनको भनाइ छ । उनले आफूले ९० प्रतिशत मतदाताको मत ल्याएर जित्ने दावीसमेत गरे ।

४० वर्षीय छोरा बाचुन  विद्यार्थी  जीवनदेखि राजनीतिमा लागेका थिए । उनलाई राप्रपा सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार उठाएको छ । ‘बुबा हाम्रो पार्टीबाट उठे सघाउन सकिन्छ,’ उनले भने, ‘कांग्रेसमै रहे साथ दिन सकिँदैन ।’ बाबुसँग राजनीतिक प्रतिशोध नराखी चुनाव लड्न पाउँदा आफूलाई भाग्यमानी ठानेको समेत बताए ।

घरबाट श्रीमतीबाहेक आमा र भाइहरुले बुबालाई साथ दिने बुझिएको उनको भनाइ छ । ‘गाउँका धेरैले मलाई साथ दिन्छन्,’ केसीले भने, ‘पार्टी र गाउँलेको साथले गर्दा नै मेरो उम्मेदवारी परेको हो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?