जेठ २२, ताप्लेजुङ । अव्यवस्थित सडक र वस्ती निर्माणका कारण ताप्लेजुङको पाथिभरा क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरु मासिने अवस्थामा पुगेका छन् ।
सडक निर्माण र वस्ती निर्माणका क्रममा फालिएका माटोले यस क्षेत्रका दर्जनाैं पोखरी पुरिएका छन् भने केही ठूला पोखरी पनि ढल र माटोले पुरिँदै गएका छन् ।
गुराँसलगायतका वनस्पती रहेको जंगल पोखरी सुक्न थालेको भन्दै सारोकारवालाहले चिन्ता व्यक्त गरेका छन् । केही वर्ष अघिसम्म पूजा पाठ हुने पाथिभराको तल्लो फेदीमा रहेको नागपोखरी नजिकैबाट सडक खन्दा पुरिने अवस्थामा पुगे पनि संरक्षण क्षेत्रमा काम गर्ने संघ संस्थाले ध्यान नदिएको नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
|
यो पोखरीमा हिउँदको समयमा विभिन्न किसिमका लोप हुन लागेका चराहरु आएर बस्ने र वर्षातको समयमा जाने गरे पनि अहिले पोखरी नै अतिक्रमणको चपेटामा
परेपछि चराहरु समेत आउन छाडेको वातावरणको क्षेत्रमा काम गर्ने स्थानीय चन्द्रप्रकाश भट्टराईको भनाइ छ ।
जिल्ला वन कर्यालय, वातावरण संरक्षण तथा विकास मञ्चलगायत सरोकारवाला संस्थाहरुले सदरमुकाम नजिकै रहेका कृतिम पोखरी सफाइ गर्ने र वृक्षारोपण गर्ने क्रियाकलाप गर्दै संरक्षणको नारामा भाषण गरे पनि जिल्ला भित्रै रहेका प्राकृतिक पोखरी र ताल संरक्षणमा भने ध्यान नदिएको स्थानीयको आरोप छ ।
प्रतिक्रिया 4