+
+

नमूना नेपालका लागि अल्का अस्पताले २५ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २२ गते १८:०७

२२ जेठ, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनको तेस्रो परियोजना ‘नमूना नेपाल’ निर्माणका लागि अल्का अस्पतालले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा सोमबार आयोजित नमूना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजनाका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा हामीले थुप्रै सहयोगका कार्यक्रम गरिसकेका छौ,’ उनले भने-‘यस महान अभियानलाई सफल पार्ने प्रयास स्वरुप सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’

घोषणा गरिएको रकम फाउण्डेसनले माग गरे लगत्तै प्रदान गरिने थापाले बताए ।

कार्यक्रममा धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोगको घोषणाप्रति धन्यवाद दिदै नमूना नेपालको परियोजनालाई सफल बनाउने अभियानमा उक्त रकमले ठुलो सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?