Comments Add Comment

सात मुलुकले सम्बन्ध तोड्दा कतारलाई झड्का, खतरामा नेपालीको रोजगारी

२३ जेठ, काठमाडौं । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रुपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् ।

अरबी क्षेत्रमा अस्थिरता ल्याएको इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरु कतारसँग क्रूद्ध बनेका हुन् ।

९ वर्षमा पौने १० लाख नेपाली कतार पुगेको वैदेशिक रोजगार विभागमा तथ्यांक छ । सात मुलुकले कतारसँग सम्बन्ध तोड्दा उसको अर्थतन्त्र कमजोर हुने र फर्काउन सक्ने सम्भावना छ । अर्कातर्फ कतारले विदेशी कामदार लैजान कम गर्यो भने पनि त्यसको असर नेपालीलाई नै पर्नेछ । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment