Comments Add Comment

मिर्गौला रोगीलाई वसाहा सेवा समाजको आर्थिक सहयोग

२४ जेठ, काठमाडौं । वसाहा सेवा समाज वेलायतले उदयपुरकी मिर्गौला पीडित विना राईलाई उपचारका लागि एक लाख ३२ हजार ५ सय रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

मिर्गौला रोगबाट पीडित राईका श्रीमान ज्ञानबहादुर राईलाई मंगलबार बसाहा सेवा समाज काठमाडौंलेसहयोग रकम हस्तान्तरण गरेको हो ।

राईको परिवारलाई उपचारका लागि वेलायतमा वसोवास गर्दै आएका नेपाली वेलायती सैनीकहरुले आर्थिक सहायता उपलब्ध गराएका हुन् ।

विरामी राईको ६ महिनादेखि काठमाडौको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै मिर्गौलामा समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment