२४ जेठ, कैलाली । कैलालीको टीकापुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना. ५ ख ५३० नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।
दुर्घटना टीकापुर नगरपालिका ९ बस्ने अन्दाजी ४० वर्षका जोधिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए ।
चौधरी थारु कल्याणकारिणी सभा कैलालीका उपाध्यक्ष समेत हुन । उनी टीकापुर मै रहेको करुणा स्कुलका संचालक समेत रहेका थिए ।
टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको उक्त बस टीकापुर लम्की सडक खण्डको पथरैया नजिकै सडकबाट खोल्सामा पल्टिन गएको हो । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4