Comments Add Comment

राष्ट्रियताको कथा बोकेको ‘तारेभीर’


नेपाली चलचित्रमा राष्ट्रियताको कथावस्तुमा निर्माण भएका कमैमात्र चलचित्र बन्ने गरेका छन् । निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको चलचित्र ‘तारेभीर’ले भने राष्ट्रियताको कथा उठान गरेको छ । यो चलचित्र असार २ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

समाजमा घटेका अपराधजनक घटनालाई कथामा समेटेर प्रहरीको दायित्वलाई चलचित्रमा प्रस्तुत गरिएको निर्माणपक्षले जानकारी दिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिङ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा प्रेम सुब्बाको कथा तथा निर्देशन छ ।

यो चलचित्रमा दर्शकले नायिकाको एक्सनलाई हेर्न सक्नेछन् । सोलो रिलिजको फाइदा चलचित्रले उठाउने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment