Comments Add Comment

प्राध्यानाध्यापक छोडेर वडा अध्यक्ष लड्दै

बुटवल, जेठ २५ । सरकारी विद्यालयको प्रधानाध्यापक ‘हेडमास्टर’ बाट राजीनामा दिएर रुपन्देहीका एक शिक्षक वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।

तिलोत्तमा नगरपालिकाको वडा नं. १० मा रहेको जनहित माध्यामिक विद्यालयका प्रधानाध्यापक दानबहादुर चौधरीले राजीनामा दिएर वडा अध्यक्षमा चुनाव लड्न लागेका हुन् ।

चौधरी तिलोत्तमा नगरपालिका-१७ मा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका छन् ।

बि.सं. २०४५ सालमा प्रा.बि. शिक्षकका रुपमा शिक्षण पेसा शुरु गरेका चौधरीले बिगत ३ वर्षदेखि विद्यालयमा प्रधानाध्यापक रुपमा कार्यरत थिए ।

साढे २ दशकदेखि निरन्तर शिक्षण सेवामा सर्मपित रहँदै आएका चौधरीले असार १४ गते हुँने स्थानीय तहको चुनावमा आफूले जितने दावी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment