+
+

दबंग ब्वाई सलमान खानको असफल प्रेम, विवाद र नखुलेको पाटो 

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २७ गते २३:५०

सलमान खानको प्रसंगमा यसो भनिएको छ, ‘सलमानको जिन्दगी त्यसो त खुला किताब हो । तैपनि यस्ता केहि पाना छन्, जो एकदमै थोरै पल्टिएको छ ।’ दबंग ब्वाईसँग जोडिएका रोचक प्रसंग यहाँ उल्लेख गरिएको छ ।

सलमानको पुरा नाम छ, अब्दुल राशिद सलीम सलमान खान हो । उनी २७ डिसेम्बर १९६५ मा जन्मिएका हुन् । सलमानका पिता सलिम खान चर्चित स्त्रिmप्ट राइटर हुन् ।

सलमानको पिता मुसलमान र आमा हिन्दु हुन् । सलीमको दोस्रो पत्नी ईसाई हुन् । त्यसैले हरेक पर्व उनीहरु सेलिब्रेट गर्छन् । उनी आफ्नो परिवारलाई मिनी इन्डियाको संज्ञा दिन्छन् ।

फिल्म लेखकदेखि पोस्टर डिजाइनरसम्म

उनी पौडीका सौखिन । विद्यार्थी जीवनमा स्विमिङ च्याम्पियन समेत भइसकेका छन् । उनी पेन्टर पनि हुन् । आफ्नो फिल्म जय होको पोस्टर सलमान स्वंमले बनाएका थिए । सलमानले अभिनयको तालिम डेजी इरानीको इन्स्िटच्युटबाट लिएका थिए, जहाँ उनको साथी साजिद खान र चंकी पान्डे पनि थिए ।

सलमानलाई लेखनमा पनि सौख छ । फिल्म बीर र चन्द्रमुखी सलमानले लेखेका हुन् ।

हिरो बन्न चाहदैनथे

सलमान खासमा अभिनेता बन्न चाहदैनथे । उनलाई त निर्देशनमा रुची थियो । तर, फिल्म निर्माताको सल्लाह अनुसार उनी अभिनयमा तानिए २००४ मा अमेरिकाको पीपल म्यागजिनमा सलमानलाई ‘बेस्ट लुकिङ मेन इन द वल्र्ड’ सूचीमा सातौ र भारतमा पहिलो स्थानमा रहेको थियो । सलमान साइक्लिङका सौखिन हुन् । हिमेश रेशमिया, साजिद-वाजिद, संजय लीला भन्साली, ज्याकलिन फर्नाडीज, सोनाक्षी सिन्हा जस्ता स्टार्सलाई सलमानले नै सार्वजनिक गरेका हुन् । संजय दत्त सलमानको एकदमै राम्रो साथी हुन् ।

मनकारी सलमान

सलमान आफ्नो कमाईको केहि हिस्सा समाजसेवामा लगाउँछन् । उनले बिइङ ह्युमन नामबाट एनजिओ चलाइरहेका छन् । यसले गरिब र बच्चाको सहयोग गर्छ । पछिल्लो बर्ष सलमानले युवालाई रोजगार दिनका लागि एक वेबसाइट लन्च गरेका छन् । उनको प्रोडक्सन हाउसको कमाई पनि एनजिओमा जान्छ ।

सलमान दिलदार भएको किस्सा पनि फिल्म उद्योगमा चर्चामा छ । दबंग-२ को आइटम सङमा करिनाले पैसा लिएकी थिइनन् । त्यही कारण सलमानले उनलाई बिएमडब्ल्यु गिफ्ट दिएकी थिइन् ।

उनी आफ्ना मनपर्ने साथीलाई महंगो उपहार दिन्थे । तर, उनकी आमाले यसमा चित्त बुझाइनन् । र, बिइङ ह्युमनको घडी उपहार दिन लगाइन् । अहिले सलमान त्यही घडी उपहारमा दिने गर्छन् ।

प्रेममा असफल

सलमान जतिबेला फिल्ममा डेब्यु गरिरहेका थिए, त्यसबेला करिना कपूरको उमेर ८ बर्षको थियो । र, क्याटरिना कैफ केवल ४ बर्षकी थिइन् । पछि उनै क्याटरिनालाई उनले आफ्नो गर्लफ्रेण्ड बनाए । ऐश्वर्य रायसँग ब्रेकअप भएपछि उनी क्याटरिनासँग नजिकिएका थिए ।

बलिउडमा सलमान र ऐश्वर्यको प्रेम प्रसंग निकै चर्चामा रह्यो । सलमान ऐश्वर्यलाई औधी रुचाउँथे । ‘चलते चलते’ फिल्ममा शाहरुखसँग ऐश्वर्य सूटिङ गरिरहेकी थिइन् । सलमान सेटमा पुगे । पछि शाहरुखले सलमानलाई साथ दिदै ऐश्वर्यलाई फिल्मबाट बाहिर निकाले । त्यस स्थानमा रानी मुखर्जीलाई ल्याइयो ।

सलमान र ऐश्वर्यको अफेयर पनि अन्ततः पूर्ण विराम लाग्यो । सलमानले ऐश्वर्यमाथि हातपात गरेको आरोप समेत लाग्यो । सलमानसँग छुटेपछि ऐश्वर्य विवेक ओबेरयासँग नजिकिइन् । विवेकले सलमानसँग दुस्मनी मोले । तर, पछि माफी मागे । तर, विवेकलाई नौटंकी भन्दै सलमानले अहिलेसम्म माफी दिएका छैनन् ।

ऐश्वर्यअघि सलमान सोमी अलीसँग नजिकिएका थिए । भनिन्थ्यो, उनीहरुको बिवाह हुनेछ । तर, ब्रेकअप भयो । सोमीभन्दा अघि सलमानले संगीता बिजलानीसँग प्रेम गरे । सोमीपछि ऐश्वर्यसँग ।

ऐश्वर्यसँग छुटेपछि सलमान क्याटरिनासँग रिलेसनमा रहे । क्याटरिनाको करियर बनाउनमा उनको अहंम भूमिका छ ।

क्याटरिना कैफको जन्मदिनको पार्टीमा केहि बिषयलाई लिएर शाहरुख र सलमानबीच झगडा भएको थियो । त्यसपछि उनीहरुबीच बोलचाल बन्द भयो ।

सलमानको रोचक तथ्य

–   सलमान सधै आफ्नो हातमा स्टोनवाला ब्रासलेट लगाउँछन् । उनको पिता सलीम पनि त्यस्ते ब्रासलेट लगाउँछन् । उनीहरु यसलाई लक्की मान्छन् ।

–   बर्षौ पहिला जब रणबीर कपुर फिल्ममा आएका थिएनन्, तब सलमान र रणवीर एक नाइट क्लवमा झगडा भएको थियो । त्यसबेला सलमानले रणबीरको गाला चड्काएका थिए । अर्को दिन पिता सलीमले भनेपछि सलमानले ऋषि कपुरको घर गएर माफी मागेका थिए ।

–   सलमान अरुलाई गिफ्टमा घडी दिन्छन् । भनिन्छ, कसैले घडी माग्यो भने उनले नाई भन्दैनन् ।

–   सलमानको दावीलाई पत्याउने हो भने, उनलाई किसिङ सिन पटक्कै मन पर्दैन । यस्तो दृश्यका कारण उनी परिवारसँग फिल्म हेर्न गाह्रो हुने बताउँछन् ।

–   सलमान खान आमाको ठूलो भक्त हुन् । यहि कारण उनी अक्सर सुटिङ स्पटमा आमाको हातले बनाएको खाना मगाएर खान्छन् ।

–   सलमान धर्मेन्द्रका फ्यान हुन् । उनीहरुले एकसाथ प्यार किया तो डरना क्या फिल्ममा खेले । भनिन्छ, यस फिल्म खेले बापत धर्मेन्द्रले एक पैसा पनि लिएनन् ।

–   टिप्स फिल्म कम्पनीले सलमान खान नामक फिल्म दर्ता गराएको थियो, तर अहिलेसम्म पनि यो फिल्म बनेको छैन ।

–   सलमानलाई ‘ट्राईजेमिनल न्यूरलजिया’ नामको रोग छ, जसमा अनुहारको नसामा धेरै दुखाई हुन्छ । यसलाई सुसाइड डिसीज पनि भनिन्छ ।

–   बिवादसँग पनि सलमानको खास नाता छ । २००२ मा उनको कारले फुटपाथमा सुतिरहेका चार व्यक्तिलाई कुल्चेको थियो, जसमा एक जनाको मृत्यु भएको थियो ।

–   अक्सर फिल्ममा सलमानले आफ्नो सर्ट उतार्छन् । तर, उनी फिल्ममा कुनै अभिनेत्रीले अर्धनग्न भएको मन पराउँदैनन् ।

–   १९८८ मा सलमान अभिनित बीवी हो तो ऐसी सार्वजनिक भएको थियो । फारुख शेख र रेखा जस्ता स्टारसँग खेलेका सलमानले दर्शकको ध्यान खिच्न सफल भए ।

–   १९८९ मा सलमान अभिनेताको रुपमा फिल्म मैने प्यार कियाबाट पर्दापण भए । त्यसबेला पाइरेसीको कारण फिल्म उद्योगको हालत कमजोर थियो । सलमानको यस फिल्मको पि्रन्ट्स खर्च बताएर एकदमै कम पि्रन्ट्स निकालिएको थियो । साथै प्रचारमा पनि खासै गर्छ गरिएन । तर, पछि यसले निकै सफलता हासिल गर्‍यो ।

–   कुनै बेला सलमान र शाहरुख खान एकदमै मिल्ने साथी थिए । दुबैले हम तुम्हारे है सनम, करण अर्जुन, कुछ कुछ होता है जस्ता फिल्म खेले ।

–   २००६ को दिपावलीमा एकै दिन सलमानको जानेमन र शाहरुखको डन फिल्म सार्वजनिक भयो । सलमानले त्यस बखत आफ्नो फिल्मको प्रचारको क्रममा शाहरुखको डन पनि हेर्ने बताउथे । तर, पछि उनीहरुबीच फाटो आयो ।

–   क्याटरिना कैफको जन्मदिनको पार्टीमा केहि बिषयलाई लिएर शाहरुख र सलमानबीच झगडा भएको थियो । त्यसपछि उनीहरुबीच बोलचाल बन्द भयो ।

–   सोमीपछि सलमानको अफेयर ऐश्वर्य रायसँग चल्यो । सलमान ऐशलाई एकदमै मन पराउँथे ।

–   सलमान आफ्ना पितासँग एकदमै डराउँछन् ।

–   सलमान अक्सर बडी बनाउँन र फिटनेस टिप्स दिनमा माहिर छन् । हृतिक रोशन सहित केहि अभिनेताले यसबाट लाभ उठाइसकेका छन् ।

–   आफ्ना साथीको फिल्ममा सानो भूमिका पनि सहजै स्विकार्छन्, उनी ।

–   राजस्थानमा हरिण मारेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

–   केहि समयअघि सलमान एकदमै बढी मदिरा पिउने गरेका थिए । एक दिन ऐनामा उनले आफ्नो अनुहार एकदमै नराम्रो देखे । त्यसउपछि पिउने क्रम घटाए ।

–   सलमानलाई अन्र्तवार्ता दिन खासै रुची छैन । यद्यपी फिल्म पब्लिसिटीको लागि उनी अन्र्तवार्ता दिन्छन् ।

–   पाँच फिट आठ इन्च लामो सलमान केहि हिरोइन भन्दा होचा छन् । त्यही विषयलाई लिएर उनी कहिले कहिं आफु स्वंमको मजाक उडाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?