Comments Add Comment

पौने करोड नेपालीलाई अझै टुकीको भर

२८ जेठ, काठमाडौं । विश्व डिजिटल युगमा प्रवेश गरेको भन्दै गर्दा झन्डै पौने करोड नेपालीले भने अझै पनि टुकीको उज्यालोमा जीवन बिताउनु परेको छ ।

हालै सरकारले सार्वजनिक गरेको तथ्यांकमा झन्डै ७४ लाख १० हजार नेपाली उज्यालोका लागि टुकी बत्तीको भर पर्नुपरेको देखिएको छ ।

आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार मुलुकको कूल जनसंख्यामा बिजुलीको पहुँच ७४ प्रतिशतमा पुगेको छ भने बाँकी २६ प्रतिशत जनसंख्या टुकीको भरमा छन् ।

केन्द्रीय तथ्यांक विभागले गत वर्ष प्रक्षेपण गरेको मुलुकको जनसंख्या २ करोड ८५ लाख छ । यसको यसको २६ प्रतिशत ७४ लाख १० हजार हुन आउँछ । कूल जनसंख्याको एक चौथाइ जनता अझै पनि उज्यालोका लागि टुकीको भर पर्नुपरेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताएको भन्दै नागरिकले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment