२८ जेठ, काठमाडौं । भरतपुर महानगरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय रोक्न दिएको अन्तरिम आदेशबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
तर, त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले जेठ २२ मा २८ गतेसम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4