
२८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने प्रयासमा सरकारले अहिले वार्ता गरिरहेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् । यसअघि हिजो भएको वार्तामा राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । तर, सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए ।
राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतका राजनीतिक माग पुरा नभए चुनावमा नजाने बताएको छ । तर, सरकार र सत्तारुढ दलहरुले भने संविधान संशोधन चुनावपछि गर्ने भन्दै निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आएको छ ।
राजपाका नेताहरुले आजको वार्ता निर्णायक हुने बताएका छन् । यदि आज सहमति नजुटे दिउँसो बैठक बसेर आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी छ ।
हामी राजपालाई अधिकतम सहमतिमा ल्याएर असार १४ गते स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गराउने गरी अहिले छलफलमा छौ #DeubaPM #Election2017 pic.twitter.com/4wrdTyBOxN
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 11, 2017
प्रतिक्रिया 4