Comments Add Comment

अब सरकारको निगरानीमा उद्योग, अवस्था थाहा पाउन ग्रेडिङ गरिने

२९ जेठ, काठमाडौं । सरकारले देशभर दर्ता भई सञ्चालन इजाजत लिएका उद्योगको ‘ग्रेडिङ’ गर्ने भएको छ । उद्योग विभागमा उद्योगहरु दर्ता भए तिनको अवस्था कस्तो छ भन्ने विवरण नभएकाले ग्रेडिङ गर्न लागिएको हो ।

कुन उद्योग कस्तो अवस्थामा छ, कति बन्द भए, कुन उद्योग नाफामा छ, कुन रुग्ण अवस्थामा पुग्न लागेको छ भन्ने विवरण सरकारी निकायसँग नै छैन । घरेलु तथा साना उद्योगमा दर्ता भए पनि नवीकरण नहुने भएकाले यस्तो अवस्था भएको हो ।

चालू आवभित्रै धेरै उद्योग भएका क्षेत्रको ग्रेडिङ गरिने उद्योग विभागले जनाएको कारोबारमा खबर छ । पहिलो चरणमा वीरगन्जको विवरण संकलन गरी हाल भैरहवा क्षेत्रको काम भइरहेको विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment