Comments Add Comment

नुवाकोटका २ सय ३ म्यादीले जागिर छाडे

फाइल तस्वीर

२९ जेठ, नुवाकोट । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् ।

सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् ।

स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई सेवा निरन्तरता दिन नचाहेमा राजीनामा दिन पाउने व्यवस्था गरेकाले जागिर छाड्न चाहनेको राजीनामा स्वीकृत गरिएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

वैशाख ३१ को निर्वाचनलाई लक्षित गरी नुवाकोटमा ७७२ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । पहिलो चरणमा यही जेठ १७ गतेसम्म दिएको नियुक्त पूरा भएकाले निर्वाचन सुरक्षापछि समसामयिक सुरक्षा व्यवस्था मजबुद बनाउन प्रहरीलाई सहयोग पुर्याउन म्यादीलाई परिचालन गरिएको छ ।

म्यादीलाई नेपाल प्रहरीको जवानसरहको सुविधा उपलब्ध गराए पनि उनीहरुलाई प्रहरीको सहयोगीमात्र रहने जिम्मेवारी दिइएको छ । बाँकी रहेको प्रदेशमा स्थानीय तह निर्वाचन गराउन नुवाकोटबाट प्रहरी निरीक्षकसहित १५३ जना प्रहरी अन्यत्र गएकाले म्यादी प्रहरीको परिचालन सुरक्षा व्यवस्था सतर्कताका लागि बाध्यता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment