+
+
Shares

प्रमुख निर्वाचन आयुक्त भन्छन्-असार १४ अकाट्य छ, जनता हिँडेरै पनि भोट हाल्न आउँछन्

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते ११:३४

२९ जेठ, विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको चुनावको मिति सार्ने नमिल्ने बताएका छन् । उनले बन्द हड्तालका बाबजुद जनता मतदान स्थलमा आउने र चुनाव सम्पन्न हुने बताए ।

विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले आयोगको पनि निश्चित समय र बटमलाइन हुने बताए । ‘१४ गते तोकिएकै मितिमा निर्वाचन गराउन निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ,’ उनले भने, ‘सबै प्रदेशमा एकैपटक निर्वाचन हुन्छ । असार १४ को मिति अकाट्य छ ।’

निर्वाचनमा सबै सहभागी हुने वतावरण बनाउन दलहरुकै सहमतिमा निर्वाचनसम्वन्धी ऐन कानुन संशोधन गर्नुका साथै पटक-पटक मिति सारिएको उनले बताए ।

राजपाको आन्दोलनतर्फ संकेत गर्दै उनले आम हडतालले निर्वाचनलाई फरक नपार्ने बताए । आम नेपाली जनताले निर्वाचन चाहेको भन्दै उनले जनता हिँडेर भएपनि मतदान स्थलसम्म पुग्ने र उल्लेख सहभागितामा चुनाव हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?