Comments Add Comment

मेघौली सेराईलाई ‘रोव रिपोर्टस् वेस्ट अफ दि वेस्ट अवार्ड’


२९ जेठ काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजी होटल्स एण्ड रिसोर्टद्वारा संचालित मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस् २०१७ को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेको छ । मेघौली सेराईले विश्वकै उत्कृष्ट एडभेन्चर जंगल सफारी रिसोर्टका रुपमा उक्त अवार्ड प्राप्त गरेको हो ।

यसअघि मेघौली सेराई ट्राभल एण्ड लिजरको वेस्ट जंगल सफारी रिसोर्ट २०१७को सूचिमा परिसकेको छ । आफ्नो विशिष्ट निर्माण शैली, अत्याधुनिक संरचना र उत्कृष्ट सेवाकाकारण स्थापनाको छोटो समयमै चितवनको मेघौलीमा स्थापित उक्त रिसोर्टले अन्तर्राष्ट्रिय पर्यटन बजारलाई नेपालतर्फ आकषिर्त गर्न सफल भएको छ ।
‘नेपाली पर्यटन उद्योगका लागि यो विशिष्ट सम्मान हो । मेघौली सेराईमार्फत् हामीले नेपालका लागि यो सम्मानप्राप्तगर्नमा योगदानगर्न सकेकोमा म प्रशन्न छु’, चौधरी ग्रुपका कार्यकारी निर्देशक एवं सिजी होटल्स एण्ड रिसोर्टका प्रवन्ध निर्देशक राहुल चौधरीले भनेे, ‘यो अवार्डले हामीलाई हस्पिट्याालिटी क्षेत्रमा अझै उत्कृष्ट सेवाहरु नेपालमा भित्रयाउन प्रोत्साहन गरेको छ । आगामी प्रोजेक्टको रणनीति तय गर्दा हामीले यसलाई मनन गर्नेछौं ।’

‘मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस्को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेकोमा हामी गौरवान्वित छौँ । ताज ग्रुपले उच्चस्तरका गन्तब्यहरुको सिर्जना गर्दै आईरहेको छ जसमा मेघौली सेराई पनि एक हो जहाँ जंगल सफारीको अद्भुत् आनन्द लिन सकिन्छ । यो रिसोर्ट जंगल सफारीका शौखिनहरुका लागि उत्कृष्ट गन्तब्य हो’, ताज होटल, प्यालेस, रिसोर्ट, सफारीका अपरेशन भाईस प्रेसिडेन्ट रोहित खोसलाले भने ।

प्रवन्ध निर्देशकच ौधरीले हस्पिटालिटी क्षेत्रमा ताजसँग आफ्नो ग्रुपको साझेदारी विशेष महत्वको रहेको बताए । ताज र सिजी होटल्स एण्ड रिसोर्टको साझेदारीमा विश्वकै उत्कृष्ट होटल एवं जंगल सफारी रिसोर्टहरु संचालित छन् ।

मेघौली सेराईमा विश्वकै उत्कृष्ट रिसोर्टहरुमा मात्र प्राप्त हुने निर्माणशैलीका भब्य ३० कोठाहरु रहेका छन् जसमा प्रेसिडेन्सियल सुईट्स लगायतका विशिष्ट सेवाहरु उपलब्ध छन् । रोव रिपोर्टस्ले मेघौली सेराईलाई वेष्ट अफदि वेष्ट अवार्ड प्राप्त हुनुमा यसअघि विश्वस्तरीय रिसोर्टमा कहिल्यै नदेखिएका सेवाहरु उपलब्ध हुनु र ति सेवा उपभोग गर्नेहरुले सम्भवतः आफ्नो जीवनकालमा त्यसलाई विर्सिन सक्ने छैनन् भनेको छ ।


मेघौली सेराई युनेस्को विश्व सम्पदा सूचिमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ । यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन पाउँछन् । दुर्लभ एक सिंगे गैडा, बंगाल टाईगर, घडियाल गोहीको संरक्षणका लागि यो निकुञ्ज विश्वमा प्रसिद्ध छ । यहाँ ६८ प्रजातीका स्तनधारी जन्तु, पाँच सय ४४ प्रजातीका चरा, एक सय २६ प्रजातीका माछा लगायतको जैविक विविधता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment