+
+

सिद्धार्थ राजमार्ग बिस्तार : बुटवलको मुख्य सडक ८२ फिट कायम हुने

३११ घरहरु भत्काइने

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७५ चैत १४ गते १८:२०

१५ चैत्र,बुटवल । बुटवल बजार भित्रको मुख्य सडक बिस्तारको प्रकृया सुरु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकको विस्तार गर्दै ८२ फिटभित्र पर्ने ३११ घर भत्काइने छ ।

बेलहिया-बुटवल व्यापारिक मार्ग सडक योजनाले दुई वर्षअघि प्रक्रिया सुरु भगरे पनि सडकमा किनारामा पर्ने घर तथा जग्गाधनीको अबरोधका कारण काम अघि बढन सकेको थिएन ।

सडक किनाराका केही घर तथा जग्गाधनीले मुआब्जाविना सडक विस्तारको काम अघि नबढाउन माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट हालेका थिए ।

गत वैशाख १२ गते अदालतले निवेदकको माग बमोजिम प्रक्रिया पूरा नगरी सडक विस्तारको काम अघि नबढाउन आदेशसहित फैसला गरेको थियो । सोही फैसलालाई सर्वाेच्चलेसमेत सदर गरेपछि आयोजनाको कार्यालयले अदालतको आदेश बमोजिम मुआब्जा जिकिर गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

‘अब सडक बिस्तार हुन्छ, समयमा नहटाइए हामी हटाउँछौ,’ आयोजना प्रमुख इञ्जिनियर जीवेन्द्र्र मिश्रले भने । मुआब्जा प्राप्त गर्न आधिकारिक प्रमाणसहित आएका निवेदनमाथि छानबिन गरेर वितरण गरिने उनको भनाइ छ ।

आयोजनाले सूचना प्रकाशित गर्दै सडकको केन्द्र भागदेखि २५/२५ मिटर दायाँबायाँ भागमा पर्ने कुनै व्यक्ति वा सँघसँस्थाको स्वामित्वमा घर जग्गा भएमा १५ दिनभित्र मुआब्जाका लागि सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सिफारिस, नागरिकताको प्रतिलिपि, जग्गाधनी दर्ता पूर्जाको प्रतिलिपि, सम्बन्धित नगरपालिका वा गाउँपालिकाबाट घर नक्सा पासको विवरण र जग्गाको कित्ताकाट नापी नक्साको प्रमाणित प्रतिनिधिलगायत प्रमाणसहित मुआब्जाका लागि आयोजनाको कार्यालयमा निवेदन दिन भनेको छ ।

सडकको स्वामित्वमा रहेको क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण भएका घरटहरा भए सार्वजनिक सडक ऐन २०३१ को दफा ३ क को उपदफा २ बमोजिम १५ दिनभित्र हटाउन भनिएको छ ।

बिस्तारसँगै यो सडक अब ६ लेन फराकिलो बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?