+
+
Shares

यस्तो छ ‘डाक्टर…खाते’को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३० गते १०:३५


सडक बालबालिकाको कथामा निर्माण भएको चलचित्र ‘डा…खाते’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रले बालश्रम बिरुद्धको आवाज उठाउनुको साथै सडक बालबालिका अवस्था पेश गरेको निर्देशक रवि अर्यालको भनाई छ ।

रोशनी केसीले निर्माण गरेको उक्त चलचित्र साउन ६ गतेबाट सार्वजनिक प्रदर्शन गरिने निर्देशक अर्यालले बताए । निर्मात्री केसीले चलचित्रको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने समेत जनाएकी छिन् ।

चलचित्रमा चारजना सडक वालकसहित रोशनी केसी, सम्राट सापकोटा, शिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनये छ । जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको चलचित्रमा दिव्य सुवेदीको छायांकन, तारा थापा किम्भेको सम्पादन र सचिन सिंहको संगीत छ । यो चलचित्र साउन ६ गतेबाट रिलिज हुने काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?