Comments Add Comment

दार्जीलिङको ब्याण्ड अष्ट्रेलिया यात्रामा

 


१३ जून, सिड्नी । यतिबेला दार्जीलिङको चर्चित सांगीतिक ब्याण्ड मन्त्र ब्याण्ड अष्ट्रेलियाको सांगीतिक यात्रामा ब्यस्त छ ।

यो ब्याण्डसंगै यूवा पुस्तामाझ चर्चित गायिका तृष्णा गुरूङ र पोखराको रेडियो अन्नपूर्णकी कार्यक्रम सञ्चालिका भिम्ला थापाले पनि अष्ट्रेलियाको सांगीतिक यात्रालाई तताएका छन ।

यो समूहले एडिलेट र मेलबर्नमा सांगीतिक प्रस्तुति प्रस्तुत गरेर नेपालीहरूको मन जितिसकेको छ भने अब यो समूह ब्सिबेन र सिड्नीमा रहेका नेपालीहरू माझ गुन्जने तयारीमा रहेको जानकारी आयोजक नेपाली टचका राजकुमार गोश्वामीले दिए । उनका अनुसार जुन १६ शुक्रबारका दिन यो समूह सिड्नीबासी नेपालीहहरु माझ प्रस्तुत हुने छ ।

हिमाली नेपाली सांगीतिक यात्राका साथ अष्ट्रेलिया यात्रामा निस्किएको यो समूहले यस अगाडि गरेको कार्यक्रमलाई अष्ट्रेलियाबासी नेपालीहरूले माया गरेपछि आफूहरू अन्य कार्यक्रमहरू गर्न उत्साहित भएको गोश्वामीले बताए ।

शुक्रबार सिड्नीको टाउन हलमा रहेको स्पेश बारमा आफ्नो प्रस्तुति दिन तयारीमा रहेको यो समूह पनि एडिलेट र मेलबर्नमा रहेका नेपालीहरूबाट पाएको साथबाट हौसिएका छन ।

हाम्रो कलेजको प्रस्तुति रहेको हिमाली नेपाली सांगीतिक यात्रा सिड्नी पछि ब्रीसबेन जाने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment