+
+
Shares

ढुवानीमा कीर्तिमानः चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते ६:००

३१ जेठ, काठमाडौं । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना बढेको छ । तर, यसले एक जना कतारी व्यवसायीलाई खाडीको मरभूमिमा चार हजार दुधालु गाई हवाई जहाजमार्फत ढुवानी गरेर सम्भावित दूध आपूर्ति रोक्न उत्साहित गरेको छ ।

उनको यो कदमलाई प्रतिरोधसँगै साउदीबाट हुने ताजा दूधको आपूर्ति रोकिएपछिको शून्यता हटाउने अवसरको रुपमा हेरिएको छ । यसलाई उड्डयन इतिहासकै सबैभन्दा ठूलो जनावर ढुवानी मानिएको छ ।

औसत पाँच सय ९० किलोग्रामका चार हजार गाई कतार पुर्याउन कतार एयरवेजका ६० भन्दा बढी उडान आवश्यक पर्ने अनुमान गरिएको छ । अस्ट्रेलिया र अमेरिकामा किनिएका ती गाई पावर इन्टरनेशनल होल्डिङका चेयरमेन मौताज अल खायातले कतार लैजान लागेको अन्तर्राष्टिय समाचार संस्थाहरुले बताएको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?