Comments Add Comment

गर्लफ्रेण्डसँग फिल्म खेल्दै फरहान अख्तर

यसै वर्षको अप्रिलमा बलिउड निर्देशक/अभिनेता फरहान अख्तरले पत्नी अधुनासँग सम्वन्धविच्छेद गरे । त्यसयता उनको अभिनेत्री श्रद्धा कपुरसँग अफेयरको चर्चा व्यापक छ ।

अब सायद फरहान र श्रद्धाबीचको प्रेम झनै मौलाउने छ । किनकी उनीहरु एउटा फिल्ममा नायक-नायिकाका रुपमा अनुवन्ध भएका छन् ।

‘आशिकी २’ का निर्देशक मोहित सूरीले आफ्नो आगामी फिल्ममा यो जोडीलाई खेलाउन लागेका हुन् । श्रद्धाले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा मोहितकी छोरी र उनको कुकुरका साथ एउटा तस्वीर सेयर पनि गरेकी छिन् ।

यसअघि फरहान र श्रद्धा ‘रक अन २’ मा सँगै देखिएका थिए । बताइएअनुसार मोहितको आगामी फिल्म १९७९ को हलिउड फिल्म ‘च्याम्प’ बाट प्रभावित छ । यसमा उनले आफ्नै जीवनको केही अंश पनि मिसाउनेछन् ।

अहिले श्रद्धाको फिल्म हसिना पारकर रिलिज हुने तयारीमा छ । यो दाउद इब्राहिमकी बहिनी हसिनाको जिन्दगीमा आधारित फिल्म हो । यसका अलावा श्रद्धा साइना नेहवालको बायोपिकमा पनि देखिदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment