Comments Add Comment

चमत्कारी कुखुरा ! एक दिनमै पार्‍यो ३६ वटा अण्डा

एउटा पोथी कुखुराले एक दिनमा कतिवटा अण्डा पार्न सक्ला ? भारतमा एउटा कुखुराले साँच्चीकै चमत्कार गरिदिएको छ । जयपुरस्थित घाटगेट इलाकामा स्थानीय एक व्यक्तिले पालेको कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेको छ ।

स्थानीय रइस खान नामक व्यक्तिले घरमा पालेको कुखुराले यतिधेरै अण्डा पारेको हो ।

दिनमै ३६ वटा अण्डा पार्ने उक्त कुखुरा चर्चित बनेको छ । कुखुरालाई हेर्नका लागि टाढा–टाढाबाट समेत मानिसहरु आएका छन् । कुखुरा मालिक रइस र कुखुरा हेर्न आउने मानिसहरुले उक्त कुखुरालाई रमजानको महिनामा ईश्वरको चमत्कार मानिरहेका छन् ।

रइसका अनुसार मासु खानका लागि उनले बजारबाट उक्त कुखुरा किनेका थिए । बजारबाट किनेर घरमा उक्त कुखुरा थुनेर उनी कामका लागि बाहिर निस्किए । जब उनी बेलुका घर फर्किए, तब उनी हेरेको हेर्यै भए । उक्त कुखुराले सुरुमा १२ घण्टा भित्रैमा १६ वटा अण्डा पारेको थियो ।

अर्को बिहानसम्म त कुखुराले जम्मा जम्मी ३६ वटा अण्डा पारेको देखेपछि रइस र उनका परिवार तिनछक परे ।

एउटा कुखुराले बढिमा दिनमा २–३ वटा सम्ममात्र अण्डा पार्नेमा यस कुखुराले ३६ वटा अण्डा पार्नु कुनै चमत्कार भन्दा कम होइन । कुखुरा मालिकको यस्तो दाबीको स्वतन्त्र पुष्टि चाहिँ अझै भएको छैन । एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पार्ने कुरा सम्भव हुन्छ कि हुँदैन भन्ने कुराको जवाफ वैज्ञानिकहरुले नै दिन सक्लान् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment