Comments Add Comment

जन्मदिनमा नम्रताः ‘करिअरमा सफल, प्रेममा असफल’


आज नायिका नम्रता श्रेष्ठको जन्मदिन हो । उनी आजबाट ३१ बर्ष लागेको वुझिएको छ । नायिका नम्रता श्रेष्ठ हाल आराम गरिरहेकी छिन् । नम्रताको केही दिन अगाडि मात्र एपेन्डिक्सको अप्रेशन गरिएको थियो । यसैले, उनी अप्रेशनपछि आराम गरिरहेको उनी निकटका निर्देशक दिनेश राउतले जानकारी दिए ।

करिअरमा सफल नम्रता
नायिका नम्रता श्रेष्ठको पहिलो चलचित्र ‘सानो संसार’ हो । तर, उनलाई चलचित्र ‘मेरो एउटा साथी छ’ले दर्शकमाझ चिनायो । यसपछि, उनले ‘नोभेम्बर रेन, क्लासिक, पर्व’ जस्ता चलचित्रमा अभिनय गरिन् । नम्रताले गतबर्ष चलचित्र ‘क्लासिक’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कारदेखि अन्य सबै अवार्ड’ प्राप्त गरिन् । नम्रताको करिअर सफल मानिन्छ । ‘मेरो एउटा साथी छ’ रिलिज भएसँगै उनको जीवनमा एउटा ठूलो घटना घट्यो ।

उक्त घटनाले नम्रताको करिअर केही पछाडि त धकेलिदियो, तर उनी अहिले फेरि सफल नायिकाको सूचीमा पर्न सफल छिन् । नायिकाको रुपमा सफल नम्रता निर्मात्रीको रुपमा भने असफल ठहरिइन् । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सोल सिस्टर्स’ असफल भयो ।

प्रेममा असफल
चलचित्र करिअर जस्तै नायिका नम्रताको प्रेम चर्चा पनि मिडियामा बढी आउने गरेको छ । नम्रता आफैले पनि प्रेमलाई लुकाउन नचाहेकाले उनको तस्बिर मिडियामा बढी भेटिने गरेको हो ।

कलाकार तथा आरजे रेमनदास श्रेष्ठसँग नम्रताको प्रेम थियो । तर,पछि यी दुई प्रेमबाट अलग भए । यसपछि, नम्रता व्यवसायी प्रेम घलेसँग जोडिइन् । प्रेमसँग पनि उनको सम्बन्ध केही समयमै टुट्यो । अहिले उनी व्यवसायी दावा शेर्पासँगको प्रेममा छिन् । सार्वजनिक कार्यक्रममा नम्रता र दावा एकसाथ पुग्ने गरेका छन् ।

नम्रताको प्रेम करिअर खासै सफल छैन । दावासँगको उनको प्रेम भने केही समयदेखि सुमधुर तरिकाले अगाडि बढिरहेको छ ।
नेपाली चलचित्रकी यी सुन्दरी आफूलाई रिभर्ज राख्न चाहन्छिन् । नायिकासँगै रेष्टुरेन्ट व्यवासायी नम्रतालाई जन्मदिन हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment