Comments Add Comment

कसरी विषाक्त हुन्छ यी खानेकुरा ?

भनिन्छ, शारीरिक स्वास्थ्यका लागि फलफूल सेगन गर्नुपर्छ । तर, फलफूल सवै अवस्थामा लाभदायक हुँदैन । स्वस्थ्यबर्द्धक भनिएका फलफूल कतिपय अवस्थामा विषाक्त बन्न सक्छ । जस्तो कि, खाली पेटमा लिची खानु हानिकारक हुन्छ । केरा पनि खाली पेटमा सेवन गर्नु राम्रो मानिदैन । एकै पटकमा धेरै आँप सेवन गर्दा पनि हानी हुनसक्छ ।

त्यस्तै अन्य खाद्य पदार्थ, जो आफैमा राम्रो मानिन्छ, तर त्यसलाई गलत तरिकाले सेवन गर्दा बेफाइदा हुन्छ ।

स्याउ

भनाई नै छ, हरेक दिन एउटा स्याउ सेवन गर्नेले चिकित्सककहाँ धाउनु पर्दैन । तर, यसको बिज भने स्वस्थ्यबर्द्धक हुँदैन । स्याउको बिजमा एमिगडलिन हुन्छ । जब यो पाचक रसमा मिल्छ, हाइड्रोजन साइनाइड बन्न सक्छ । त्यसैले स्याउसँग त्यसको बिज सेवन गर्नुहुँदैन ।

आलु

धेरै लामो समयसम्म भण्डारण गरिएको आलु पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खासगरी टुसा उमि्रएको आलु सेवन गर्नु राम्रो होइन । उक्त टुसामा ग्लाइकोएल्केलाइड हुन्छ, जो विषाक्त हुन्छ । काँचो वा हरियो आलु पनि खान हुन्न ।

गोलभेंडा

गोलभेंडा स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, हरियो गोलभेडा भने हानिकारक । किनभने यसमा सोलैनिन हुन्छ, जसको कारण टाउको दुख्ने, वान्ता हुने समस्या हुनसक्छ ।

जाइफल

जाइफल थोरै सेवन गर्दा खासै हानी हुँदैन । तर, एक पटकमा चार ग्रामभन्दा बढी जाइपलल सेवन गर्दा टाउको दुख्ने समस्या हुनसक्छ । यसमा एलेमिसिन, मिरिस्टिसिन र सैफरोल जसता तत्व हुन्छ, जो नशालु हुन्छ ।

ओलिभ आयल

जैतुनको तेल फाइदाजनक छ । तर, छोपका लागि यसलाई प्रयोग गर्नु हुँदैन । १८० डिग्रीभन्दा बढी तातो भयो भने ओलिभ आयलको तत्व विषाक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment