+
+
Shares

‘प्रेमगीत २’को क्लाइमेक्समा प्रदिप र निर्माताको भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते १६:११


ट्रेलर सार्वजनिक भन्दा एक साता अगाडि चलचित्र ‘प्रेमगीत २’का केही तस्बिरहरु सार्वजनिक भएका छन् । चलचित्रको क्लाइमेक्समा समावेश केही तस्बिरहरु सार्वजनिक भएको हो ।

सार्वजनिक तस्बिरमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र निर्माता सन्तोष सेनविचको भिडन्त देख्न सकिन्छ । हुनत, यतिबेला निर्माणपक्षले यी तस्बिरहरु लिक भएको भनेर भनिरहेको छ । तर, निर्माणपक्षले ट्रेलरको हाइप बढाउन क्लाइमेक्सका तस्बिरहरु सार्वजनिक गरेको प्रष्ट हुन्छ । निर्माता सन्तोष सेनले चलचित्रकै यूनिट भित्रका एक व्यक्तिले फेसबुकमा तस्बिर अपलोड गरिदिएको बताइरहेका छन् ।

तर, ट्रेलर सार्वजनिक अगाडि तस्बिर सार्वजनिक गरेर सन्तोष र ‘प्रेमगीत २’को निर्माणपक्ष दर्शकमा कौतुहलता बढाउन चाहन्छ । यसैका लागि निर्माणपक्षले आफै तस्बिर सार्वजनिक गरेको प्रष्ट छ । यो प्रचार शैलीलाई निर्माताको चलाखी मान्नुपर्छ ।
रिङ भित्रको यो भिडन्तका लागि निर्माता सन्तोष सेन आफूले ६ महिना तालिम लिएको समेत बताउँछन् । रामशरण पाठक निर्देशित यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरीको मुख्य भूमिका छ ।

वुझिएअनुसार चलचित्रको ट्रेलरको सुरुवातमै यो एक्सनको दृश्यलाई समावेश गरिएको छ । ३ वटा गीतको भिडियो सार्वजनिक भएपछि यसको निर्माणपक्षले ट्रेलर रिलिज गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?