+
+
Shares

कक्षा ११ को परीक्षा आजबाट सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते ९:२५

१ असार, काठमाडौं । स्थानीय तह निर्वाचनका कारण प्रभावित बनेको कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । तोकिएका देशभरका ९ सय ९३ केन्द्रमा परीक्षा भइरहेको छ ।

परीक्षाको पहिलो दिन आज अग्रेजी बिषयको परिक्षा भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी छन् । नियमिततर्फ ३ लाख ४ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी सहभागी बनेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा २ लाख ११ हजार ६ सय १ छात्र र  २ लाख ३७ हजार ३ सय ७३ छात्रा सहभागी छन् ।बोर्डले परीक्षा मर्यादित बनाउन सबैसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?