अहिलेको तनावग्रस्त जीवनशैलीमा मुटुको रोगको खतरा दिन-प्रतिदिन बढ्दो छ । यहि कारण धेरैजना हृदयघातको जोखिममा छन् । मुटुलाई स्वस्थ्य राख्नका लागि तनावरहित हुनु आवश्यक । त्यस्तै, सक्रिय जीवनशैली र स्वस्थ्य खानपानले मुटुको रोगको जोखिम कम हुन्छ ।
यस्तो अपनाउनुहोस् खाने तालिका
– बिहान नास्ता गर्नैपर्छ । साथै समयमै मध्यन्हको खाना पनि खाने गर्नुहोस् । अर्थात तपाईको खानपान तालिका नियमित हुनुपर्छ ।
– नुनको प्रयोग सकेसम्म घटाउनुहोस् ।
– कम वोसोयुक्त खानेकुरा सेवन गरौ ।
– ताजा हरियो सब्जी र फल सेवन गरौ ।
– जति रंगको फल हुन्छ, स्वास्थ्यका लागि उत्तिनै लाभकारी हुन्छ ।
– चुरोट सेवन गर्ने वानी त्याग्नुहोस् ।
– खाना बनाउनका लागि ओलिभ आयल प्रयोग गरौ ।
– पर्याप्त निन्द्रा लिनुहोस् । राम्ररी सुत्न सकिएन भने यसले शरीरको स्ट्रेश हर्मोन बढाउँछ र धमनीलाई वाधा पुर्याउँछ ।
– अहिले हाम्रो आधा जीवन कार्यस्थल एवं अफिसमा बित्छ । घन्टौसम्म एकै स्थानमा एकै पोजिसनमा बस्नु पनि मुटुको स्वस्थ्यका लागि ठीक होइन ।
– थोरै समय व्यायामका लागि निस्कनुहोस् । प्रतिदिन कम्तिमा आधा घण्टा व्यायाम गर्नुहोस् । यसले हृदयघातको संभावना एक तिहाइसम्म कम हुन्छ ।
– तनाव मुटुको स्वस्थ्यका लागि हानिकारक हुन्छ । तनावको कारण मस्तिष्कमा जुन रसायन स्रावित हुन्छ, त्यसले मुटुको सबै प्रणालीलाई खराब गर्छ ।
घरेलु उपचार विधी
मुटु सम्बन्धी समस्या भएकाले निम्न घरेलु विधी अपनाउन सक्नेछन् ।
– पानी र कागतीको रस नियमित पिउने ।
– मौसमी फल, लिची, स्याउ सेवन गर्ने ।
– सब्जीको रुपमा पिँडालु सेवन गर्नुहोस् ।
– खानामा दही सामेल गरौ ।
प्रतिक्रिया 4