Comments Add Comment

गुल्मीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, २ घाइते

जिल्ला अस्पताल गुल्मीमा उपचाररत घाइतेहरू सुर्यबहादुर पल्ली र ओमबहादुर रजाली ।१ असार, गुल्मी । गुल्मीमा कांग्रेस र एमालेबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

बुधवार राति दरवार गाउँपालिका-४ को बिरवासमा झडप हुँदा स्थानीय ३४ वर्षीय सुर्यबहादुर पल्ली र ओमबहादुर रजाली घाइते भएका हुन् ।

घाइते दुबैजनाको टाउकोमा चोट लागेको जिल्ला अस्पताल तम्घासले जनाएको छ ।

झडपमा संलगन चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले राजनीतिक प्रतिशोध, मादक पदार्थ सेवन र पुरानो रिसिवीको कारण झडप भएको हुनसक्ने बताए ।

‘कुट्नेहरु हिरासतमा छन्, अनुसन्धान गरिरहेका छौं,’ नेपालले भने, ‘अहिलेसम्म केहि पुरानो रिसिवी र मादक पदार्थ सेवन देखिएको छ, राजनैतिक प्रतिशोध पनि हुनसक्छ ।’

एमाले जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण सुनारले कांग्रेस कार्यकर्ताहरुले नियोजित रुपमा आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेको आरोप लगाए ।

नेपाली कांग्रेस बिरवासका उमेदवार भुपेन्द्र कँडेलले भने एमालेको आरोपको खण्डन गरे । राजनैतिक प्रतिशोध नभएर विवादमा धकेला धकेल हुँदा दुई जना घाइते भएको बताए ।

पीडितका आफन्तले कुटपीट गर्ने आरोपितबिरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

-अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment