+
+
Shares

स्थानीय चुनावः गयो जागिर, मिलेन टिकट

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते ६:०६

२ असार, काठमाडौं । स्थानीय तहको निर्वाचनमा उठ्नका लागि खोटङको दिप्रुङ गाउँपालिका–४ बतासेस्थित जनता माविका शिक्षक वसन्त राईले वैशाख ५ मा पदबाट राजीनामा दिए ।

कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि लबी गरे । मन मिल्ने नेता साथीको सरसल्लाहमै उनले छँदाखाँदाको जागिर छाडे । तर, टिकट लिने/दिने क्रममा कांग्रेसभित्रको कडा प्रतिष्पर्धामा उनी पछि परे । ‘टिकट लिएर लड्नकै लागि शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएको हुँ’ पूर्वशिक्षक राईले भने, ‘तर, टिकट हात परेन । अब टिकट पाउनेलाई सहयोग गरेर अघि बढ्छु ।’

उनी त एक प्रतिनिधि उदाहरण मात्र हुन् । आगामी असार १४ गते हुने निर्वाचनका लागि खोटाङका ५ मावि शिक्षक, २ निमावि शिक्षक र १४ प्रावि तहका शिक्षकले जागिर छाडेका छन् । जागिर छाड्नेमध्ये केहीले टिकट पाए पनि केही भने यता न उता भएको नागरिक दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?