Comments Add Comment

श्रम मन्त्री भन्छन्, ‘कतारमा नेपालीलाई समस्या छैन’

२ असार, काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् । श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी रहेको उनले बताए ।

‘त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन’, उनले भने । नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले कतारमै रहेकोसमेत उनले बताए ।

मन्त्री मन्सुरका अनुसार अहिले कतारस्थित नेपाली दूतावास, त्यहाँ कार्यरत श्रमसहचारीलगायत निकायबाट हरेक अवस्थाको अपडेट लिने काम भइरहेको छ । मन्त्रालयमातहतका निकाय र नेपाल सरकारका अन्य सरोकारवाला निकायलाई कतारमा कामदारबारे आउन सक्ने सम्भावित समस्याबारे तयारी अवस्थामा रहन आग्रह गरेको उनले जानकारी दिए ।

नेपालबाट कतारका लागि श्रम स्वीकृति लिने युवाको क्रम अहिले पनि जारी छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार पछिल्लो समय श्रम स्वीकृति लिने युवाको संख्या सामान्य घटे पनि यसको ठोस कारण भने अहिल्यै भन्न सकिने अवस्था छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment