Comments Add Comment

अक्षयको फिल्मबाट कट्रिना ‘आउट’, परिणिती ‘इन’

बलिउडमा अक्षयकुमार र कट्रिना कैफको अनस्क्रिन जोडीलाई खुबै सह्राहना गरिन्छ । उनीहरुले थुप्रै फिल्ममा एकसाथ काम गरेका छन् ।

तर, अहिले यो जोडीबीच फाटो आएको खबर छ । अक्षयकुमारले आफ्नो आगामी फिल्म ‘नमस्ते ईंग्ल्यान्ड’ मा कट्रिनालाई ‘आउट’ गरेर परिणिती चोपडालाई ‘इन’ गराएका छन् ।

यो फिल्म ‘नमस्ते लन्डन’ को सिक्वेल हो । नमस्ते लन्डनमा अक्षय र कट्रिनाको जोडी थियो र फिल्म पनि हिट भएको थियो । तर सिक्वेलमा किन उनले कट्रिनालाई लिन चाहेनन् त ? यसको पछाडि सानो कथा छ ।

अक्षय र कट्रिनाले पहिलोपटक फिल्म ‘हमको दिवाना कर गए’ मा सँगै काम गरेका थिए । यसमा उनीहरुको अनस्त्रिmन केमिस्ट्रीले व्यापक चर्चा पायो । त्यसपछाडि यो जोडी यसरी छायो कि एकपछि अर्को फिल्ममा उनीहरु दोहोरिए ।

तर बिस्तारै बक्स अफिसमा अक्षयकुमारको दिन बिग्रन थाल्यो । उनले खेलेका फिल्महरु लगातार असफल भए । त्यसपछि त कट्रिनाले पनि फ्लप हिरो भनेर उनीसँग फिल्म खेल्न छाडिन् ।

तर, अक्षयले फेरि कमब्याक गरे । अहिले उनी बलिउडका टप हिरोहरुभित्र गनिन्छन् । यस्तो बेलामा सायद उनी कट्रिनासँग पुरानो हिसाब मिलाउन चाहन्छन् । त्यसैले उनी कट्रिनासँग फिल्म खेल्न ठाडै अस्वीकार गरिरहेका छन् ।

यस विषयमा पत्रकारहरुले प्रश्न गर्दा अक्षयले आफूले अहिलेसम्म परिणीतीसँग काम नगरेको र उनी उत्कृष्ट अभिनेत्री भएको भन्दै प्रशंसा गरेका छन् । उनले कट्रिनालाई नखेलाउनुको कारण खुलाएनन् । अब परिणीतीसँग अक्षयको जोडी कत्तिको जम्ने हो, हेर्नु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment