+
+
Shares

कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ (तस्वीरहरू)

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ कात्तिक १२ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका छन्।
  • केन्द्रीय निर्वाचन समितिको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई शपथ गराएका हुन्।
  • सभापति थापा ६ हजार ५८४ मतसहित निर्वाचित भएका थिए भने प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याएका थिए।

१२, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति थापाले बडादशैंको फूलपातिका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए ।

उनी प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले ३७५ मत ल्याएका थिए ।

महाधिवेशनबाट २३१ जना निर्वाचित भएका थिए । बिहीबार भएको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी र केन्द्रस्य सदस्यहरूलाई आन्तरिक रुपमै पछि शपथ गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

उनले सानेपामा आयोजित सपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले जुममार्फत भाग लिने जानकारी निर्वाचन समितिलाई गराएको बताए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?